काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् । गत भदौ ३० गते बसेको ई–सेवा सञ्चालक समितिको बैठकले असोज १२ गतेदेखि लागु हुने गरी शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले आगामी चार वर्षको सेवाकाल सोमबारबाट सम्हालेका हुन् ।