हिम्लुङ हिमालमा बेपत्ता थप दुईको शव फेला

  • सोमबार १२ असो २०८३ ०७:३५ AM
काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । हिजो आइतबार दुई जनाको शव भेटिएकोमा आज सोमबार थप दुई जनाको शव फेला परेको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)का अनुसार, खोज तथा उद्धारका क्रममा आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो