मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको हो । प्रसाईं यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् । उनी अधिकांशजसो साइबर कसुरसम्बन्धी मुद्दामा पक्राउ पर्ने गरेका छन् । यसपटक भने प्रतिनिधिसभा सदस्य रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रहरीले प्रसाईंलाई पक्राउ गरेको बताइएको छ