खोला छेउमा बाँकी बस्तीको व्यवस्थापन गर्नुपर्‍यो : कबिन्द्र बुर्लाकोटी

  • सोमबार १२ असो २०८३ १२:५५ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले खोला छेउमा रहेका बस्तीको व्यवस्थापन गर्नुपपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘खोला छेउको बस्ती हटाउँदा सरकारलाई खुब गाली गरियो । सरकारले गाली सह्यो पनि । बस्ती हटाउने सन्दर्भमा व्यवस्थापनमा केही कमिकमजोरी रह्यो पनि होला । सुधार्नुपर्ने रह्यो होला,’ उनले भने, ‘तर भदौ १० को भोटेकोशी बाढी र अहिलको असोज १० र ११ को बाढी हेर्दा खोलाछेउको बस्ती हटाउनुपर्ने रहेछ भन्ने चेत सबैको खुलेको छ ।’ यहाँनेर उनले खोला छेउमा अझै धेरै बस्ती बाँकी रहेको तिनको व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । ‘अझ धेरै खोला छेउमा बस्ती बाँकी छ । त्यसलाइ समयमै व्यवस्थापन गर्न सकिएन भने फेरि ठूलो जोखिम उठाउनुपर्ने हुन्छ,’ उनले भने, ‘हाम्रा पुलहरू पनि कमिसनको आडमा पुल पनि तलतल हालेछौं । यो सबै चीजको पुनर्मूल्यांकन भएर अगाडि बढ्न म अनुरोध गर्दछु ।’