सरकारले ‘गुण्डागर्दी’ र ‘अपहरण शैली’ अपनायो : सांसद महर

  • सोमबार १२ असो २०८३ ०६:३८ AM
काठमाडौं । नेकपा (एमाले) का सांसद ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले असोज १० गते राति निवासबाट पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले जबरालाई पक्राउ गर्ने क्रममा सरकारले ‘गुण्डागर्दी’ र ‘अपहरण शैली’ अपनाएको आरोप लगाए । उनले सरकारको उक्त कदम कानुनी राज्य र विधिको शासनविपरीत भएको दाबी गरे । महरले लोकतन्त्रमा कोही पनि कानुनभन्दा माथि हुन नसक्ने भन्दै कसैले कानुन उल्लङ्घन गरेको भए तथ्य र प्रमाणका आधारमा अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्ने बताए । ‘कानुनभन्दा माथि लोकतन्त्रमा कोही पनि हुँदैन। यदि कसैले कानुन हातमा लिने काम ... The post सरकारले ‘गुण्डागर्दी’ र ‘अपहरण शैली’ अपनायो : सांसद महर appeared first on Kalika Khabar.