काठमाण्डु– मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिमलुङ क्षेत्रमा आइतबार गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ। नेपाल राष्ट्रिय पर्वतीय गाइड संघका अनुसार सोमबार उद्धार तथा खोजतलासमा गएको टोलीले हिमपहिरो प्रभावित क्षेत्रमा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको हो। यसअघि छेवी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। उनीहरूको