काठमाण्डु –पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको विषय संसद्मा उठेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले जबराको पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । सांसदहरुले सुरक्षा थ्रेटको बहानामा पक्राउ गरेको भन्दै आपत्ति जनाएका हुन् । प्रहरीले जबरालाई मध्यरातमा पक्राउ गरी १४ घण्टासम्म बिना कारण थुनेको भन्दै यस विषयमा सरकारले सदनलाई जानकारी गराउनु