काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारसँग थप सुरक्षा माग गरेका छन् । शनिबार मध्यराति पक्राउ परी आइतबार छुटेका चोलेन्द्रले काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग थप सुरक्षा माग गरेका हुन् । उनका तर्फबाट छोरा सचिन्द्र शमशेर जबराले कार्यालयलाई पत्र लेखेका हुन् । शनिबार मध्यराति चोलेन्द्रलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । कुनै