काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतको दिल्लीस्थित हावेलियाजाम खान जामा मस्जिद स्थायी ठेगाना भएका अस्लाम सोकातलाई विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको हो। उनी भारतको मुम्बईबाट इन्डिगो एयरको उडान नम्बर 6E1157 मार्फत काठमाण्डु आएका थिए। सुरक्षा जाँचका क्रममा उनले लगाएको भित्री वस्त्रमा प्लास्टिकले बेरेर लुकाइछिपाइ ल्याएको ४२२.४