काठमाण्डु– पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो तथा परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको भन्दै थप शान्ति–सुरक्षाको व्यवस्था गर्न प्रहरीसमक्ष माग गरेका छन्। राणाका छोरा सचिन्द्र शमशेर जबराले राणाको तर्फबाट काठमाण्डु उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिँदै थप सुरक्षा व्यवस्था गर्न आग्रह गरेका हुन्। निवेदनमा हाल देशको अवस्था तथा सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा आएका शान्ति–सुरक्षासम्बन्धी विषयका