अर्थमन्त्री एवं एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) का लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले बाढीपछिको पुनर्निर्माणसँगै नेपालका पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न एआईआईबीकी अध्यक्ष जोउ जियायीलाई आग्रह गरेका छन् । एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री वाग्ले र अध्यक्ष जोउबीच भएको भेटवार्तामा नेपालमा बैंकको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनर्निर्माण तथा