अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

  • सोमबार १२ असो २०८३ ०३:१७ AM
काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ । ललितपुर जिल्लास्थित कान्तिलोकपथ सडकखण्ड अन्तर्गत पाङ्दुरमा पहिरो खस्दा असोज ९ गते बिहान ०६ः३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बागमती गाउँपालिका वडा नं. ०३ टाकुर्चेमा पहिरो खस्दा असोज ११ गते राति ३ः४० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ... The post अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध appeared first on Kalika Khabar.