काठमाडौँ –मनाङको हिम्लुङ हिमालमा खसेको हिमपहिरोमा परी सम्पर्कविहीन भएकाहरुको खोजी जारी छ। सोमबार बिहानैदेखि तीन जनाको टोली हेलिकप्टरमार्फत खोजीमा जुटेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए। पहिरोमा परी २७ जना सम्पर्कबिहीन भएका थिए। त्यसमध्ये ११ जना सम्पर्कमा आइसकेका छन्। उनीहरु हिँडेर आफैँ फुँ गाउँ आइपुगेका हुन्। दुई जनाको शव फेला परेको छ