हवाई फायर गरी धनुषामा लागुऔषध कारोबारी युवक पक्राउ

  • सोमबार १२ असो २०८३ ०३:१९ AM
धनुषा प्रहरीले हवाई फायर गरी लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । आइतबार (हिजो) बेलुका धनुषाको विदेह नगरपालिका–८ बफैबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी तिनकौरियाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा स्थानीय २२ वर्षीय अजय मण्डललाई पक्राउ गरेको हो ।