बाढी र पहिरोले आज अधिकांश राजमार्गहरू अवरुद्ध (सूचीसहित)

  • सोमबार १२ असो २०८३ ०२:२० AM
काठमाण्डु – केही दिनदेखि परेको अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा रहेका प्रमुख राजमार्ग तथा सहायक सडक खण्डहरू सोमबार पूर्ण एवं आंशिक रूपमा अवरुद्ध भएका छन्। बाढी र पहिरोको जोखिम बढेपछि धेरै जिल्लाहरूमा रात्रकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ भने कतिपय स्थानमा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।