काठमाडौँ । लोक सेवा आयोगले खुला प्रतिस्पर्धामार्फत प्रशासनतर्फ ११ जना र न्याय सेवातर्फ नौ जना गरी २० जनालाई उपसचिव वा सो सरहको पदमा सिफारिस गरेको छ । न्याय सेवातर्फ खुला तथा समावेशी समूहबाट नौ जना सिफारिस भएका छन् । जसमा सरकारी वकिल समूहमा दुई जना, कानुन समूहमा चार जना र न्याय समूहमा तीन जना सिफारिस भएका छन् । नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहको पदमा ११ जना सिफारिस भएका छन् । सिफारिस हुनेमा खुलातर्फ छ जना, आदिवासी जनजातितर्फ दुई जना तथा महिला, मधेसी र अपाङ्गतातर्फ एक–एक जना रहेका छन् । खुलातर्फ मनोज अधिकारी, कृष्णप्रसाद गौतम, अच्युत दाहाल, वाचस्पति सुनुवार, मनबहादुर थापा र प्रशान्त शाह सिफारिस भएका छन् । त्यस्तै, आदिवासी जनजातितर्फ अन्जु चौधरी र अञ्जली लिम्बु सिफारिस भएका छन्। महिलातर्फ अनामिका रौनियार, मधेसीतर्फ रवीन्द्रप्रसाद यादव र अपाङ्गतातर्फ रोहित भट्टराई सिफारिस भएका छन् । नेपाल न्याय सेवा, सरकारी वकिल समूहतर्फ खुला समूहबाट अनिता खरेल र मेलिस बास्कोटा सिफारिस भएका छन् । न्याय सेवाकै कानुन समूहतर्फ खुलातर्फ निशा न्यौपाने र चिरञ्जीवी बस्नेत सिफारिस भएका छन्। सोही समूहको महिलातर्फ हुमावती ढकाल र मधेसीतर्फ सृजना सिंह सिफारिस भएका छन् । यस्तै, न्याय सेवाको न्याय समूहमा खुलातर्फ तिलक पौडेल र दीपेश खनाल तथा आदिवासी जनजातितर्फ विकेश महर्जन सिफारिस भएका छन् । सिफारिस भएका २० जनाको सूची नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फ ११ जना खुलातर्फ-मनोज अधिकारी, कृष्णप्रसाद गौतम, अच्युत दाहाल, वाचस्पति सुनुवार, मनबहादुर थापा, प्रशान्त शाह आदिवासी जनजातितर्फ अन्जु चौधरी र अञ्जली लिम्बु महिलातर्फ अनामिका रौनियार मधेसीतर्फ रवीन्द्रप्रसाद यादव अपाङ्गतातर्फ रोहित भट्टराई नेपाल न्याय सेवा, सरकारी वकिल समूहतर्फ दुई जना खुलातर्फ अनिता खरेल, मेलिस बास्कोटा नेपाल न्याय सेवा, कानुन समूहतर्फ चार जना खुलातर्फ निशा न्यौपाने र चिरञ्जीवी बस्नेत महिलातर्फ हुमावती ढकाल मधेसीतर्फ सृजना सिंह नेपाल न्याय सेवा, न्याय समूहतर्फ तीन जना खुलातर्फ तिलक पौडेल र दीपेश खनाल आदिवासी जनजातितर्फ विकेश महर्जन