बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति रास्वपाद्वारा दु:ख व्यक्त

  • सोमबार १२ असो २०८३ ०२:०१ AM
अविरल वर्षापछि देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुःख व्यक्त गरेको छ। रास्वपाले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। विपद् जोखिम न्यूनीकरणका लागि सरकारले गरेको पूर्वतयारी तथा नेपाली सेना, नेपाल प्रहरी,