मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई किन लगियो?

  • आइबार​ ११ असो २०८३ ०४:५६ PM
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले आइतबार बिहान महाराजगन्जस्थित निवासबाट नियन्त्रणमा लिएपछि नेपालको न्यायिक तथा सुरक्षा वृत्तमा एउटा असाधारण बहस सुरु भएको छ। राति करिब ३ बजे घरमा सुतिरहेका जबरालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले लिएर गयो। सुरुमा प्रहरीकै उच्च स्रोतले उनलाई ‘पक्राउ’ गरिएको जानकारी दियो। तर केही घण्टापछि प्रहरीको व्याख्या फेरियो। प्रहरीले