शिवम् सिमेन्ट्सद्वारा अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

  • आइबार​ ११ असो २०८३ ०४:४८ PM
काठमाडौँ। शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता भएका विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुल ब्यागलगायत विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ। विद्यार्थीहरूको अध्ययन तथा दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले आयोजित कार्यक्रममा केन्द्रमा रहेका विद्यार्थीहरूलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो। करिब छ महिनाअघि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा रोल्पा नगरपालिका–१०, धाङ्सी निवासी विशेष क्षमता भएका बालक सन्देश बुढा मगरको प्रेरणादायी संघर्षको कथा सार्वजनिक भएको थियो। जन्मजात दुवै हात चलाउन नसक्ने अवस्थामा रहेका सन्देशले खुट्टाको सहारामा लेख्दै अध्ययनलाई निरन्तरता दिइरहेका छन्। सन्देशको संघर्षबारे समाचार सार्वजनिक भएपछि शिवम् सिमेन्ट्सले उनको शिक्षालाई निरन्तरता दिन पहल गरेको ... The post शिवम् सिमेन्ट्सद्वारा अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग appeared first on Kalika Khabar.