कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा बाढी प्रभावितलाई सरसफाइ सामग्री सहयोग

  • आइबार​ ११ असो २०८३ ०४:५८ PM
काठमाडौँ। कामना सेवा विकास बैंकका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रभावित नागरिकलाई सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री सहयोग गरेका छन्। बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले बैंकको तर्फबाट उक्त सामग्री प्रभावितहरूलाई हस्तान्तरण गरेकी हुन्। प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित परिवारहरूको स्वास्थ्य, सरसफाइ र व्यक्तिगत स्वच्छतासम्बन्धी तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै बैंकका महिला कर्मचारीहरूको सहभागितामा आवश्यक सामग्री संकलन गरी सहयोग गरिएको बैंकले जनाएको छ। विपद्को समयमा खाद्यान्न, आवास तथा अन्य राहत सामग्रीसँगै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइका आधारभूत सामग्रीको आवश्यकता पनि महत्वपूर्ण हुने भएकाले प्रभावित नागरिकको दैनिक जीवनलाई ... The post कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा बाढी प्रभावितलाई सरसफाइ सामग्री सहयोग appeared first on Kalika Khabar.