काठमाडौँ। बीवाईडी सिगल (ग्रेट सिगल) को व्यापक परिमार्जन गरिएको दोस्रो पुस्ता चीनमा सार्वजनिक गरिएको छ। नयाँ पुस्ताको विद्युतीय ह्याचब्याकमा ड्राइभट्रेन, चेसिस, सस्पेन्शन तथा इन्टेरियरमा उल्लेख्य परिवर्तन गरिएको छ। नयाँ सिगलमा मोटरलाई अगाडिको सट्टा पछाडिको एक्सलमा सारिएको छ। यससँगै गाडी फ्रन्ट–ह्विल ड्राइभबाट रियर–ह्विल ड्राइभमा परिणत भएको छ। मोटर पछाडि सारिएपछि अगाडिको भागमा सामान राख्न मिल्ने फ्रन्ट ट्रंक (फ्रंक) का लागि समेत ठाउँ बनेको छ। चिनियाँ सञ्चारमाध्यम अटोहोमले सार्वजनिक गरेको विवरण चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) मा दर्ता भएका तथ्यांक तथा यसअघि बाहिर आएका डिजाइन स्केचमा आधारित छ। नयाँ मोडलका तस्बिर तथा ... The post बीवाईडी सिगलको दोस्रो पुस्ता सार्वजनिक, रियर-ह्विल ड्राइभ र फ्रन्ट ट्रंक थपियो appeared first on Kalika Khabar.