विश्व पर्यटन दिवसको अवसर पारेर होटल व्यवसायी महासंघ नेपालले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक सशक्तीकरणका लागि एकवर्षे ‘होटल तथा रेस्टुरेन्ट उद्योगका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियान’ औपचारिक रूपमा सुरु गरेको छ । आइतबार सातै प्रदेशका होटल तथा रेस्टुरेन्ट व्यवसायलाई आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) सँग जोड्ने लक्ष्यसहित यो अभियान थालिएको हो