काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ को महाधिवेशन प्रतिनिधीमा समाजसेवी पशुपति गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ । लामोसमय समाजसेवामा सक्रिय गुरुङले राजनीतिलाई सेवाको भावनाबाट अगाडि बढाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ । राजनीतिमा जीत, हार ठूलो कुरा नभई राजनीतिक इमान्दारिता र सेवा भावना ठूलो भएको बताउनु हुने गुरुङ विगत एक दशकदेखि संस्कार समाज नेपाल मार्फत समाजमा जनचेतना फैलाउने अभियानमा सक्रिय हुनुहुन्छ । विद्यार्थी जीवनमै राजनीतिमा होमिनु भएकी गुरुङ पार्टीभित्र पदमा रहेर मात्र होइन, बाहिर रहेर पनि टेवा पुर्याउन सकिन्छ भन्ने भावनाबाट ओतप्रोत हुनुहुन्छ । पछिल्लो समय सक्रिय राजनीतिमा ... The post कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधीमा समाजसेवी पशुपति गुरुङको उम्मेदवारी appeared first on Kalika Khabar.