काठमाडौं । हिमाली जिल्लाहरु मनाङ र मुस्ताङमा पहिरोका कारण नदीको जल प्रवाहमा असर पुगेको छ । मनाङको सदरमुकाम चामेमा पहिरोका कारण मर्स्याङ्दी नदीको जलप्रवाहमा अवरोध सिर्जना भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार मुस्ताङको थासाङ गाउॅपालिका–३ निसीमा पहिरोको कारण कालीगण्डकी नदीको जलप्रवाहमा केही अवरोध पुगेको छ । प्राधिकरणले नदी