बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापना तीव्र

  • आइबार​ ११ असो २०८३ ०१:२० PM
अविरल वर्षा, बाढी र पहिरोका कारण प्रसारण तथा वितरण लाइनमा क्षति पुगेका क्षेत्रहरूमा नेपाल विद्युत् प्राधिकरणले मर्मत तथा सेवा पुनर्स्थापनाको कामलाई तीव्रता दिएको छ । प्युठान, रोल्पा र रुकुम पूर्व लगायतका जिल्लाहरूमा अवरुद्ध विद्युत् सेवा सञ्चालन गर्न प्राविधिक टोलीहरू युद्धस्तरमा खटिएका छन् । प्राधिकरणका अनुसार अर्घाखाँची जिल्लाबाट प्युठान सप्लाई गरिएको ३३ केभी प्रसारण लाइन मर्मत