फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

  • आइबार​ ११ असो २०८३ ०२:०० PM
पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपत्कालीन तथा शीघ्र उद्धारका लागि उच्च क्षमताको ‘जेटस्की’ उद्धार बोट (डुङ्गा) सञ्चालनमा ल्याइएको छ । फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपत्कालीन अवस्थामा शीघ्र उद्धार गर्ने उद्देश्यले आजदेखि सञ्चालनमा ल्याइएको उक्त बोट प्रतिघण्टा १०५ किमी गतिमा सञ्चालन हुन्छ । विश्व पर्यटन दिवसको अवसर पारेर उद्धार बोट सञ्चालनमा ल्याइएको हो ।