नुवाकोट । लगातारको वर्षाका कारण त्रिशूली नदीमा सञ्चालनमा ल्याइएका तुइन बन्द हुँदा नुवाकोटका नदीपारिका बस्तीको जनजीवन प्रभावित भएको छ । नदीमा पानीको बहाव बढ्नुका साथै तुइनका घिर्नी सञ्चालनमा प्राविधिक समस्या देखिएपछि विदुर नगरपालिकाका चार स्थानमा जडान गरिएका तुइन बन्द गरिएको हो । तुइन बन्द भएपछि त्रिशूली नदी वारपार गर्न बेलकोटगढी नगरपालिकातर्फ रहेको झोलुङ्गे पुल वा