वर्षा रोकिएसँगै खुल्यो काठमाडौंको आकाश, मुस्कुराए हिमाल

  • आइबार​ ११ असो २०८३ ०१:०८ PM
गत बिहीवारदेखि लगातार परिरहेको अविरल वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको मौसममा आज सुधार आएको छ । झरीका कारण केही दिनदेखि प्रभावित बनेको जनजीवन र धुम्मिएको उपत्यकाको आकाश खुलेसँगै यहाँबाट देखिने हिमश्रृंखलाहरू पुनः स्पष्ट र मनमोहक देखिएका छन् । काठमाडौं उपत्यकामा विगत केही दिनयता परेको वर्षाका कारण जनजीवन कष्टकर बनेको थियो । अविरल वर्षाले चिसो बढाउनुका साथै