काठमाण्डु – अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण र अवरुद्ध सडक खुलाउने कार्यलाई निरन्तरता दिएको छ । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदी बस्तीमा पसेर घरहरू बगाएको खबर प्राप्त भएपछि नयाँ रणभीम गुल्मबाट नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ