मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन्। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार आइतबार बिहान हिमलुङ हिमालमा हिमपहिरो गएको हो। हिमपहिरोमा परी १० जना बेपत्ता भएको सूचना आएको उनले बताए। ‘हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना आएको छ,’ पौडेलले भने, ‘हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण