मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । आज बिहान गएको हिमपहिरोमा करिब १२ जना नेपाली आरोहीहरू बेपत्ता भएको आशंका गरिएको छ । हिमाल आरोहणका लागि गएका २२ जना नेपाली गएका थिए । उनीहरूमध्ये ९ जना पर्वतारोही र १३ जना सहयोगी कर्मचारी रहेको प्रहरीले जनाएको छ । उद्धारका लागि काठमाडौंंबाट हेलिकोप्टर मनाङतर्फ गएको छ । The post मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, कम्तिमा १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका appeared first on Kalika Khabar.