काठमाण्डु– नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा निकै माथि पुगेपछि चितवन र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जोड्ने नारायणी पुलमा सवारी आवागमन प्रभावित भएको छ। नदीमा पानीको बहाव बढ्दै गएपछि पुरानो पुल अत्यधिक हल्लिन थालेको भन्दै प्रहरीले सुरक्षाका लागि ठूला तथा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको हो। हाल नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकललाई मात्र पुल पार गर्न दिइएको छ।