काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीबाट बागमती प्रदेशको पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । आइतबार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोर्डका सदस्य शहदेव धमलाले बाढीबाट पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिएका हुन् । उनका अनुसार बाढीका कारण बागमती प्रदेशमा