काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा खतरा देखिएकाले उहाँको निवासमै सुरक्षा प्रदान गरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश जबराको सुरक्षा खतराको विषय उठेपछि उनलाई सुरक्षा दिएर राखिएको जानकारी दिए । “उनको सुरक्षाका विषयमा हामी संवेदनशील थियौँ, केही सुरक्षा खतराको कुरा आयो । प्रहरीको निगरानीमा उहाँलाई सुरक्षा दिएर राखेका थियौँ”, खड्काले भने, “उनले आफूलाई निवासमा सहज हुने भनेकाले अब उनलाई घरमै सुरक्षा प्रदान गर्छौं ।” सुरक्षा खतरा ठहर भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई गएराति सुरक्षित स्थानमा राखिएको प्रहरीले जानकारी दिएको छ ।