काठमाण्डु – लगातार वर्षाको कारण देशका विभिन्न ठाउँमा डुबान तथा पहिरोमा परेका घरपरिवारलाई सशस्त्र प्रहरी बलको टोलीले उद्धार गर्नुका साथै घरपरिवारका सामान सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ झनझने गुम्बाचोकस्थित नारायणी नदीमा अविरल वर्षाको कारण डुबानमा परी घरको छतमा बसेका ६ जनालाई सशस्त्र प्रहरीले आईतबार बिहान सकुशल उद्धार गरेको छ ।