बाढी, पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना अझै बेपत्ता

  • आइबार​ ११ असो २०८३ ०९:५५ AM
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण देशभर १२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै थप ६ जनाको मृत्यु भएको हो । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार असोज ८ गतेदेखि हालसम्म बाढी, पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १२