लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १० भन्दा बढी स्थानमा पहिरो खस्नुका साथै सडक भासिँदा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । ठाउँ–ठाउँमा ठूला ढुङ्गा, रुख र लेदोसहितको पहिरो खसेपछि यो खण्ड भएर गुड्ने सवारीसाधन पूर्णरुपमा बन्द भएको हो । विशेष गरी कृष्णभीर, ज्यामिरेघाटको चौकीभीर, घोप्टेभीर र सिमलधारा क्षेत्रमा खसेको ठूलो पहिरोका