जलसतहले रेकर्ड ब्रेक गरेपछि नारायणी पुलमा गाडी चलाउन प्रतिबन्ध

  • आइबार​ ११ असो २०८३ ०८:३४ AM
काठमाडौं । चार दिनदेखिको अविरल वर्षापछि९ नारायणी नदीमा पानीको बहाव अत्यधिक बढेपछि पुलमा सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । नारायणीको बहाव बढेको र अझै बढ्ने क्रम जारी रहेकाले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा सवारीसाधन तथा आवतजावतमा समेतमा प्रतिबन्ध लगाइएको हो । नारायणी नदीमा निरन्तर पानीको सतह बढिरहेको छ । नदीमा पानीको तह १२ मिटर पुगेको छ । नारायणी नदीको पानी अहिले भरतपुर महानगरपालिकाका विभिन्न बस्तीमा पसेर डुबान भएको छ । दर्जनौं घरको आधा आधी पानी पसेको छ । The post जलसतहले रेकर्ड ब्रेक गरेपछि नारायणी पुलमा गाडी चलाउन प्रतिबन्ध appeared first on Kalika Khabar.