चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय चितवनका अनुसार आइतबार बिहान ७ः५५ बजे नाम्सीखोलामा लेदोसहितको पहिरो खसेको थियो । कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो १२ः१५ बजे पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको हो । सडक