पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न नदिएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली प्रहरी कार्यालयबाटै फर्किएको छ । जबरालाई भेट्न कार्यालय पुगेको आयोगको टोलीले करिब ४५ मिनेटसम्म गेटमा कुर्दा पनि प्रहरीले भेट्न अनुमति नदिएपछि फर्किएको हो । गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई अपराध अनुसन्धान कार्यालयमा राखिएको छ ।