देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेसँगै बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेषगरी नारायणी नदी आसपासका बासिन्दालाई आज उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखामा कार्यरत असिस्टेन्ट हाइड्रोलोजिस्ट प्रभाकर यादवका अनुसार नारायणी नदीमा आज उल्लेख्य रूपमा पानी बढ्ने र खतरा