अविरल वर्षाले मधेशमा कहाँ के–के भयो क्षति ?

  • आइबार​ ११ असो २०८३ ०९:०९ AM
मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरीका विभिन्न स्थानमा घर, गोठ तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । धनुषामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने चार जनाको सकुशल उद्धार गरिएको छ