काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा लिइएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् । अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमार्फत सुरक्षाको बहाना बनाएर पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु गम्भीर चिन्ताको विषय भएको बताएका हुन् । उनले राज्यका विशिष्ट व्यक्तित्वहरू नै सुरक्षित नरहेको अवस्था देखिनु र कानुनी प्रक्रियासमेत मिचिने हो भने सर्वसाधारण नागरिकको सुरक्षाको अवस्था झन् गम्भीर बन्ने प्रश्न उठाएका छन् । ‘सुरक्षाको बहाना बनाएर पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु गम्भीर चिन्ताको विषय हो । आज राज्यका विशिष्ट व्यक्तित्वहरू नै सुरक्षित छैनन् र कानुनी प्रक्रिया यसरी मिचिन्छ ... The post पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु राज्यको गम्भीर त्रुटि : प्रभु साह appeared first on Kalika Khabar.