कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको उत्पादन बन्द

  • आइबार​ ११ असो २०८३ ०५:५६ AM
काठमाण्डु – भारी वर्षाले कालीगण्डकी ‘ए’ जलविद्युत उत्पादन बन्द गरिएको छ। कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि स्याङ्जास्थित कालीगण्डकी ‘ए’ जलविद्युत विद्युत्माउत्पादन बन्द गरिएको हो। कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रबाट उत्पादित १४४ मेगावाट विद्युत उत्पादन बन्द गरिएको केन्द्रका प्रमुख आत्मेस पौडेलले जानकारी दिए। पानीको बहाव निकै बढेपछि मिर्मीस्थित कालीगण्डकी ‘ए विद्युत उत्पादनका सबै ढोका खोलिएका छन्।