काठमाण्डु – पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले पक्राउ गरेकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबार विज्ञप्ति जारी गर्दै कानुनी शासन र संवैधानिक सर्वोच्चताको खिल्ली उडाउने गरी सरकारी संयन्त्रबाट भइरहेका क्रियाकलापप्रति चिन्ता व्यक्त गरेका छन् । ‘पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीका सम्वन्धमा सरकारी अधिकारीहरूवाटै परस्पर विरोधि धारणा सार्वजानिक हुनु गम्भीर चिन्ताको विषय हो’ प्रवक्ता चालिसेले