काठमाण्डु– चोलेन्द्र शमशेर जबरा र नेपाल बार एसोसिएसनबीच लामो समयदेखि लफडा छ । चोलेन्द्रले न्यायाधीश र प्रधानन्यायाधीश हुँदा बारलाई सधैं बाइपास गरे । बार पनि सधैं नै उनको विरोधमा उत्रिरह्यो । प्रधानन्यायाधीशबाट जबराको बहिर्गमनको माग राखेर सर्वोच्च अदालतदेखि संसद्सम्म पुगेको थियो बार । तर, यसपटक बारले चोलेन्द्रलाई पक्राउ गरिएकामा आपत्ति जनाएको छ । बारका महासचिव