काठमाण्डु– पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा मापन हुँदा आज पनि पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा बागमतीको मकवानपुर र चितवन, गण्डकीका म्याग्दी, स्याङ्जा, तनहुँ र नवलपरासी पूर्व तथा लुम्बिनीका