रामेछाप । अविरल वर्षाका कारण पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेको धुलिखेल नगरपालिका–८, जिपलाइनस्थित सडकखण्डमा आइतबार बिहान करिब ८ः५५ बजे सडक माथिबाट ढुङ्गा–माटोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पहिरोका कारण उक्त सडकखण्ड भएर काठमाडौं आवतजावत गर्ने यातायातका साधन रोकिएका छन् । अरनिको राजमार्ग