काठमाडौं । पहिरो खसेपछि त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडक अवरुद्ध भएको छ । आइतबार बिहान धादिङको धुनिबेसी नगरपालिका–९ स्थित सुरुङ मार्गनजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोका कारण सडकमा सवारीसाधन आवागमन प्रभावित भएको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।