आजबाट सुरु भयो सोह्र श्राद्ध, तीर्थस्थलमा तर्पण र पिण्डदान गर्नेको घुइँचो

  • आइबार​ ११ असो २०८३ ०५:२० AM
काठमाडौं । हिन्दु धर्मावलम्बीको महत्वपूर्ण पर्व पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजबाट सुरु भएको छ । हिन्दु पञ्चाङ्गअनुसार आश्विन कृष्ण प्रतिपदादेखि सोह्र श्राद्ध सुरु हुने गर्दछ । सोह्र श्राद्धको पहिलो दिन आज काठमाडौंको गोकर्णेश्वर उत्तरगया, पशुपतिनाथ क्षेत्रलगायत देशभरका प्रमुख नदी किनार तथा तीर्थस्थलमा तर्पण, सिदादान र पिण्डदान गर्ने श्रद्धालुको बाक्लो उपस्थिति रहेको छ । विशेषगरी